शान्ति सुरक्षा पाउँ भनी जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उजुरी दिएकी नायिका शिल्पा पोखरेलले श्रीमान् छवि ओझाविरूद्ध प्रहरीमा दिएको उजुरी छलफलबाट टुङ्गिएको छ । काठमाडौँ प्रहरी परिसर, टेकुमा भएको दुवै पक्षको छलफलपछि पोखरेल र ओझाबिच सहमति पत्रमा हस्ताक्षर भएको हो । परिसरका डिएसपी होविन्द्र बोगटीका अनुसार पोखरेलको सुरक्षामा आँच नपुर्याउने गरी ओझाले लिखित सम्झौता गरेका छन् । त्यसक्रममा ओझाले शिल्पासँग माफी पनि मागेका थिए । छलफलका लागी बिहीबार नै प्रहरी परिसर बोलाइए पनि छविले अस्वस्थ रहेको कारण उपस्थित हुन नसकेको बताएका थिए । सहमतिको पहिलो प्रयासमा नै सहमति भएको हो । छविसँग डिभोर्सको माग राखेको भनिए पनि यस विषयमा कुरा अगाडी नबढेको खबर आएको छ । केही वर्ष अघि नै गोप्य विवाह गरेका उनीहरू सँगै बस्थे तर औपचारिक रूपमा लामो समयसम्म विवाहको जानकारी भने दिएका थिएनन् ।