यो हप्ता हलमा नयाँ चलचित्र 'सानो मन' र 'बदला' प्रदर्शनमा आएका छन् । हत्तपत्त नेपाली चलचित्रले सोलो रिलिजको अवसर पाउँदैनन् यो हप्ता पनि 'सानो मन' र 'बदला' प्रदर्शनमा आएका हुन् । सुयोग गुरुङको निर्देशन रहेको 'सानो मन'मा आयुष्मान देशराज जोशी, शिल्पा मास्के, सक्षम सुवेदीको मुख्य भूमिका रहेको छ । साङ्गीतिक प्रेम कथामा आधारित चलचित्रले मित्रता र प्रेममा कथा बोकेको छ ।
ओ.पी.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा यो चलचित्र निर्माण भएको चलचित्रमा गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्ट, देव कुमार श्रेष्ठ लगायतका कलाकारहरूको समेत अभिनय रहेको छ । चलचित्रलाई योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के । मित्तल र राजेन्द्र मानन्धर ले निर्माण गरेका हुन् । बिहीबार चलचित्रको प्रिमियर सो आयोजना गरिएको थियो । जसमा सकारात्मक प्रतिक्रिया मिलेको थियो ।
साथै सिंगल थिएटरमा अभिनेता सविन श्रेष्ठ स्टारर सिनेमा ’बदला’ पनि प्रदर्शनमा आएको हो । समिर मियाँले निर्देशन गरेको चलचित्रमा नम्रता योगी, चन्दु चौधरी, मन्जिला चौधरी, राजाराम शाहलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा चन्द्रकान्त चौधरीको निर्माण, निरज कुमारको संगीत, गजेन्द्र गजुको लेखन, रामजी लामिछानेको नृत्य, राजेन्द्र चौधरीको द्वन्द्व छ । चलचित्र एक्सन लभस्टोरी जनरामा निर्माण भएको छ ।