अभिनेत्री रेखा थापाले रेखा फिल्मस्को छैटौँ चलचित्रको लागी निर्देशक तथा कोरियोग्राफर रेनेशा बान्तवा राई राणा अनुबन्धित भएकी छिन् । शुक्रवार परेको रेनेशाको जन्मदिनको अवसरमा रेखाले आफ्नो नयाँ चलचित्रमामा उनलाई निर्देशकको रूपमा भित्र्याएकी हुन् । जन्मदिनको उपहार स्वरूप नयाँ चलचित्रमा भित्रीन पाउँदा निकै खुसी लागेको रेनेशाले बताएकी छिन् ।  

रेनेशाको निर्देशनमा बन्ने भयो रेखाको छैटौँ फिल्म

‘इन्टु मिन्टु लण्डनमा’ बाट निर्देशनमा डेब्यू गरेकी सम्भावना बोकेकी निर्देशकको रूपमा चिनिएकी छिन् । छायाङ्कन दसैँपछि सुरु हुने र यति बेला स्क्रिप्टमा काम भइरहेको रेखाले बताएकी छिन् । मल्टिसटारर चलचित्र निर्माणको लागी आफू निकै उत्साहित रहेको र चलचित्रले महिलाको मुद्दा उठाउने समेत निर्मात्री रेखाको भनाइ छ । चलचित्रको नाम र अन्य प्राविधिक कुरा भने टुङ्गो लागिसकेको छैन ।