चलचित्र ‘हजार जुनीसम्म’को आइटम गीत ‘सुकुटी साँधन साउनी’ सार्वजनिक भएको छ । गीतमा दीपाश्री निरौलालाई भट्टीकी साहुनीको भूमिका निभाएकी छिन् भने उनलाई साथ दिएका छन् आर्यन सिग्देल, स्वस्तिमा खड्का, अखिलेस प्रधान, शिवहरी पौडेलले । वसन्त सापकोटाको सङ्गीत, एकनारायण भण्डारी भण्डारीको शब्द रहेको गीतमा प्रल्हाद तिमिल्सेना र मिना निरौलाको स्वर रहेको छ । विकासराज आचार्यको निर्देशन रहेको चलचित्रको सार्वजनिक गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । यसै गरी गीतको भिडियोलाई पुरुषोत्तम प्रधानले छायाङ्कन गरेका हुन् । विशाल चाम्लिङ निर्माता रहेको चलचित्रकी कार्यकारी निर्माता कविता रेग्मी हुन् । चलचित्रमा विशाल चाम्लिङ, उत्तम प्रधान, संचिता लुइँटेल, अनुभव रेग्मी लगायतको पनि अभिनय रहेको छ ।