आगामी असोज २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र 'गीत गजल'को पहिलो गीत सार्वजनिक भएकी छ । रूप पोखरेल र आरोही सिंह स्टारर चलचित्रको ‘छ कि छैन तिमीलाई थाहा’ बोलको गीत शुक्रवार इन्टरनेटमा रिलिज गरिएको हो । सङ्गीतकार अर्जुन पोखरेलको शब्द तथा सङ्गीत रहेको गीतमा अन्जु पन्त र सुरेश लामाको स्वर रहेको छ । गीतमा मुख्य कलाकार रूप र आरोहीलाई फिचर्ड गरिएको छ भने गीतको भिडियोमा निर्देशक नितिन चन्दको कोरियोग्राफी रहेको छ । आरोहण प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमा रश्मी भट्ट, विशाल पहाडी, ओम प्रतीक, आज्ञा करनजीत, सान्त्वना भट्टराई, भिमा मैनाली बालकलाकार योगीशा खत्री, सुजल खानलगायतका कलाकारको पनि अभिनय रहेको छ भने अभिनेता रूप पोखरेल र आरोही सिंहले यही चलचित्रबाट नेपाली र जतपटमा डेब्यु गर्दै छन् । अस्मित पोखरेलको कथा, पटकथा तथा संवाद, बाबु श्रेष्ठ र सुरेश काफ्लेको छायाङ्कन छ भने आरोहण क्षेत्री निर्माता तथा सुजन आचार्य सह निर्माता हुन् ।