यति बेला नायिका प्रियंका कार्की आफ्नै होम प्रोडस्क्सनमा र उनकै निर्माण एवमं निर्देशनमा बन्ने वेब सिरिज 'जस्ट अनोदर लभ स्टोरी'को निर्माणमा व्यस्त छिन् । अभिनयको नौँ वर्षे लामो यात्रा पछि आफूलाई आफूलाई निर्माता निर्देशकको रूपमा अगाडी बढाउन गइरहेकी प्रियंकाले निर्माणाधिन वेब सिरिज रिलिज आफ्नै आधिकारिक युट्युब च्यानलबाट गर्ने भएकी छिन् । यसको लागी उनले यति बेला युट्युब च्यानल समेत खोलिसकेकी छिन् । सिरिज आगामी गाईजात्राको दिनबाट रिलिज हुनेछ अर्थात् अगस्ट १६मा प्रीमियार हुनेछ । उनले आफ्नो च्यालामा दर्शकलाई स्वागत गर्दै छोटो परिचयात्मक भिडियो पनि अपलोड गरेकी छिन् । दर्शकसँग सिधा साक्षात्कार गर्न सहज हुने र आफ्नो काम दर्शक सामु आफ्नै जिम्मेवारीमा प्रस्तुत गर्दा राम्रो हुने भएकाले यो बाटो रोजेको उनको भनाइ छ ।