आगामी साउन १७ गते प्रदर्शनमा आउने चलचित्र 'रातो गलबन्दी'को फस्ट लुक पोस्टरसँगै शीर्ष गीत सार्वजनिक गरिएको छ । कोसिस क्षेत्री र केकी अधिकारी स्टारर चलचित्रको सार्वजनिक पोस्टरमा मुख्य कलाकार केकी अधिकारी, कोसिस क्षेत्री र बुद्धि तामाङलाई स्थान दिइएको छ साथमा रिलिज गरिएको गीतमा पनि चलचित्रका मुख्य कलाकार केकी अधिकारी र कोसिस क्षेत्रीलाई फिचर्ड गरिएको छ । गीतमा राजेश पायल राई र श्रेया राईको स्वर छ साथमा लोकराज अधिकारीले शब्द र सङ्गीत विनोद खुम्बुको रहेको छ । गीतको भिडियोमा गोविन्द राईले कोरियोग्राफी गरेका हुन् । मनिसमा फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रका निर्माताहरू हिमाल कडरिया र दुर्गा बस्नेत रहेका छन् । हिमाल कडरियाको कथा रहेको चलचित्रको सह निर्माता वासुदेव घिमिरे, अमृता मगैराम र कृष्ण घिमिरे हुन् । भने कार्यकारी निर्माता प्रकाश दुलाल हुन् ।