'नेपाल आइडल २' कि दोस्री गोल्डेन माइक विजेता पोखराकी निलिमा थापा मगरको गीत ‘मन पन्छी’ सार्वजनिक भएको छ। डिपी खनालको शब्द रचना रहेको गीतमा मनोज थापा मगरको सङ्गीत तथा देवेश राईको सङ्गीत संयोजन रहेको छ । निलीमाको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको गीतको भिडियोमा निलिमा स्वयम् फिचर्ड छिन् । गीतको भिडियोलाई मोहन राज अधिकारीले निर्देशन गरेका हुन् भने अभेष बज्राचार्यले छायाङ्कन र माधव बेल्बासेले सम्पादन गरेका हुन् ।

हाइलाईट्स नेपाल को युट्युब च्यानलबाट रिलिज गरिएको गीतले स्वतन्त्रता र आफ्नो मनको खुसीलाई महत्वपुरण मान्ने एउटा मनको भावना बोकेको छ । यसै गरी गीतको भिडियोमा निलीमाको साङ्गीतिक यात्रा अनि पाएको सफलतालाई पनि जोडिएको छ ।