‘एलजी सिने सर्कल अवार्ड २०७५’ को लागी दर्ता आव्हान गरिएको छ । सिनेमा सर्कल नेपालको आयोजनामा विगत केही वर्ष देखि निरन्तर हुँदै आइरहेको ‘एलजी सिने सर्कल अवार्ड २०७५’ को लागी चलचित्र दर्ता आव्हान गरिएको हो । २०७५ सालमा प्रदर्शन भएका सम्पूर्ण चलचित्रले निःशुल्क सहभागिता जनाउन सक्ने आयोजकले बताएको छ । अवार्डमा २२ बिभिद विधामा चलचित्र सम्मानित हुने छन् भने, एक जना वरिष्ठ सिनेकर्मीलाई ५१ हजार नगद सहित लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ ।

विगतका वर्षमा झैँ यो वर्ष पनि केही फरक ढङ्गले २०७५ सालको अवार्ड प्रदान गरिने तयारी आयोजक संस्थाको भनाइ छ । इच्छुक सिनेकर्मी तथा चलचित्रका प्रतीनइधिले निःशुल्क अनलाइन फर्म भर्न सक्नेछन् । 
तल दिइएको लिङ्कमा गएर निःशुल्क फर्म भर्न सकिनेछ । 

https://forms.gle/ZEjXXEDV6MN18ftx9