गत शुक्रवार देखी प्रदर्शनमा आएको चलचित्र 'सानो मन'को नयाँ गीत सार्वजनिक भएको छ । ‘कस्तो माया' बोलको गीत निकिता थापाले गाएकी हुन् भने सुयोग सोताङले शब्द तथा सङ्गीत रहेको छ । गीतमा शिल्पा र आयुष्मानलाई स्थान दिइएको छ । चलचित्रमा गायिकाको भूमिकामा देखा परेकी शिल्पाले यस गीत प्रस्तुत गर्दा आयुष्मानसँग बिताएका पलहरूलाई सम्झिँदै विगतमा पुगेको देखाइएको छ । फिल्ममा यो गीत कथावाचकको रूपमा प्रयोग गरिएको छ । सुयोग गुरुङको निर्देशन रहेको चलचित्रमा आयुष्मान र शिल्पाका अलावा फिल्ममा सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारहरूको अभिनय रहेको छ । ओ.पी.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टले संयुक्त लगानी गरेको यो चलचित्रका निर्माताहरू योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के । मित्तल र राजेन्द्र मानन्धर हुन् भने रीत बोहरा मुख्य सहायक निर्देशक हुन् भने प्रोडक्सन म्याजेनर यम प्रसाद ओली हुन् । साथमा फिल्मलाई सुयोग गुरुङ र मिलन श्रेष्ठले सम्पादन गरेका छन् । समीर सुनुवार र निर्देशक गुरुङको संयुक्त लेखन रहेको छ ।