चलचित्र ‘बाहुबली–२’ रिलिज भएसँगै अभिनेता प्रभासको व्यस्तता बढ्दो छ । उनको बिषयमा बिभिन्न खबरहरु बाहिरिरहन्छ । त्यस मध्यको यतिबेला प्रभासले बलिउड डेव्यु गर्ने खबरले चर्चा पाइरहेको छ । प्रभासलाई निर्माता करण जाहेर र निर्देशक रोहित शेट्टी  मिलेर बलिउडमा डेव्यु गराउने खबरले बाहिरिएको छ । केहि दिन अघि उक्त खबर गलत भएको भन्दै मिडियामा निर्देशक शेट्टिले एक अन्तवार्ता दिएका थिए ।

तर प्रभास भने बलिउडमा डेव्यु गर्नेको लागी दौडधुपमा लागीपरेका छन् । भारतको एक मिडियाले प्रभास र साजिद नाडिवालाले नयाँ चलचित्रको शिलशिलामा केही गोप्य बैठक गरेको बताएको छ । त्यस्तै प्रभास र साजिदको बीचमा अहिलेसम्म दुई मिटिङ भएको छ र यी दुईको प्रोजेक्ट्समाथि नै कुराकानी भएको बताएका छन् ।