बलिउडका कलाकारहरूलाई विभिन्न कार्यक्रममा निम्त्याउने र प्रस्तुति समेत आयोजना गर्ने पछिल्लो समय ट्रेण्ड नै बन्ने थालेको छ । यसैबिच बलिउड नायिका अमिषा पटेल केही दिन अगाडि नेपाल आएकी थिइन् । आफू नेपाल आउँदै गरेको जानकारी ट्विट मार्फत दिएकी थिइन् । भैरहवामा रहेको टाइगर प्यालेस रिसोर्टमा आयोजना भएको सांस्कृतिक कार्यक्रममा भाग लिनका लागि उनी नेपाल आएकी थिइन् । कार्यक्रममा अमिषाले आफ्ना हिट गीतमा नृत्य प्रस्तुत गरेकी थिइन् । साथमा रिसोर्टको आयोजनामा सम्पन्न कार्यक्रममा अन्य कलाकारले समेत प्रस्तुति दिएका थिए ।