नेपाली सफल चलचित्रहरूका धमाधम सिक्वेल निर्माण भइरहेका बेला अर्को सफल चलचित्र ‘चपली हाइट’को तेस्रो सिरिज निर्माण हुने घोषणा केही पहिल्यै भएको हो । अर्जुन कुमारको लगानीमा बन्ने चलचित्रलाई चलचित्र 'फाटेको जुत्ता'का निर्देशक निकेश खड्काले निर्देशन गर्ने भएका छन् । निर्माण पक्षले चलचित्रको मङ्सिर ३० लाई रिलिज मिति समेत तय गरिसकेको छ । साथमा चलचित्रमा सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहने पक्का भएको छ । चलचित्र साउनदेखि छायाङ्कनमा जाने बताइएको छ । अघिल्ला दुई सिरिजझैँ यो सिरिज पनि नौलो कथामा निर्माण हुने निर्माता अर्जुनले बताएका छन् ।