बलिउड अभिनेता सलमान खान अभिनित प्राय चलचित्रहरु इदको बेला प्रदर्शन हुने गर्दछ । इदमा प्रदर्शन भएको सलमान अभिनित चलचित्रहरु हिट नै छन् । तर, यस बर्ष प्रदर्शन भएको चलचित्र ‘ट्युवलाइट’ भने बक्स अफिसमा सफल हुन सकेन् । आशा गरिएको चलचित्रमा रहेको ‘ट्युवलाइट’ले सुरुवाती दुई दिनमा बक्सअफिसमा कमजोर कलेक्सन गरेको छ ।
पहिलो दिन २१.१५ करोडको कलेक्सन गरेको चलचित्रले दोश्रो दिन २१.१७ करोडको कलेक्सन गरेको छ । जुन कलेक्सन अपेक्षा गरिएको भन्दा थोरै हो । कबिर खानको निर्देशन रहेको चलचित्रलाई सलमानले निर्माण गरेका हुन । समिक्षकबाट पनि ‘ट्युवलाइट’ नराम्रो समिक्षा पाएको छ ।