चलचित्र ‘लप्पन छप्पन २’को यति बेला छायाङ्कन भइरहेको छ । मुकुन्द भट्टको निर्देशनमा निर्माणाधिन चलचित्रको केही सिन खिच्न चलचित्रका मुख्य अभिनेता सौगात मल्ल बडीगार्ड सहित राजधानीको व्यस्त अस्पताल पुगेका थिए । चलचित्रमा सौगात को नेगेटिभ भूमिका रहेको सुटमा उनी देखिएको हुलियाबाट अनुमान लगाउन सकिन्छ । लामो कपाल कालो चस्मा अनि बाइकमा सानदार इन्ट्री गरेका सौगात केही बडीगार्ड सहित थिए । अस्पतालमा केही सट लिइएको थियो भने अन्य छायाङ्कन जारी रहेको बताइएको छ ।

चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, अपर्ण थापा, अनुप विक्रम शाही, देवु श्रेष्ठ, क्यारोलिन कोलिन्डा, सुरविना कार्की, सिर्जना सिना सन्नी ढकाल र फाजिल अहमदको मुख्य भूमिका रहनेछ । इपी एजुकेसन अस्ट्रेलिया र गोल्डेन हिल्स पिक्चर्स ब्यानरमा निर्माण हुने चलचित्रको चिज कुमार श्रेष्ठ र प्रजापति सिवाकोटी निर्माता रहेका छन् । चलचित्रमा कार्यकारी निर्माता प्रकाश कुँवर र निर्मल कुमार मिश्र हुन् । भने ‘लप्पन छप्पन २’को सह(निर्मातामा सोनु गुरुङ श्रेष्ठ र खिलेन्द्र तिम्सिना रहेका छन् । पुरुषोत्तम प्रधानको छायाङ्कन रहने फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गर्नेछन् ।