अभिनेत्री ॠचा शर्माको हिजो अर्थात् साउन १ गते जन्मदिन परेको थियो । नेपाली चलचित्र जगतमा चर्चा परिचर्चाको पछाडि लाग्न नरुचाउने र आफ्नो कामलाई प्राथमिकता दिने अभिनेत्रीको रूपमा चिनिएकी ॠचाले साउन १ गते परेको आफ्नो जन्मदिन सार्वजनिक रूपमा आज अर्थात् साउन २ गते मनाइन् ।

 

उनको भनाइ अनुसार आफ्नो परिवार र आमालाई समय दिनको लागी र नेपालीहरूको चाड साउने सङ्ग्राती मनाउनको उनले आफ्ना शुभचिन्तक र नजिकका साथीहरूसँग आज जन्मदिन मनाएकी हुन् । आफ्नो ३१औँ जन्मदिन उनले आफ्ना नजिका का साथी तथा पत्रकार बिच केक काटेर मनाएकी हुन् ।ॠचाले आफ्नो वास्तविक जन्मदिनको दिन परिवारलाई दिएँ त भनिन् तर उनकी अत्यन्तै मिल्ने र नजिककी साथी केकी अधिकारीको घुमाउरो कुराले यति बेला ॠचा कस्तो काममा आफ्नो अति प्राइभेट समय बिताइरहेकी छिन् जसलाई केकीले उज्यालो दिनको सुरुवातको भनेकी थिइन् ?भन्ने कौतुहलता जन्मिएको छ ।

ॠचाको जन्मदिनमा नायिकाहरुको मस्ती तस्बिरसहित ॠचाको जन्मदिनमा नायिकाहरुको मस्ती तस्बिरसहित

यता ॠचा केही समयपछि सुरु हुने 'कमेडी च्याम्पियन'मा निर्णायकको भूमिकामा देखिँदै छिन् । आगामी दिनमा चलचित्र क्षेत्रमा अझ उज्याला कामहरू गर्ने मौका मिलोस् साथमा उनको जीवनमा उज्यालो कहिल्यै मन्द नहोस् जन्मदिनको शुभकामना ॠचालाई ।

ॠचाको जन्मदिनमा नायिकाहरुको मस्ती तस्बिरसहित ॠचाको जन्मदिनमा नायिकाहरुको मस्ती तस्बिरसहित