अर्पण थापा नेपाली सिनेनगरीका अर्गानी अभिनेताको सुचीमा पर्छन् । उनलाई अझ पनि एक पछि अर्को चलचित्रबाट अभिनेत्री गर्नको लागी अफर आइरहेको छ । तर उनी यति बेला अभिनयलाई भन्दा निर्देशनमा जोड दिइरहेका छन् । 'मुखौटा' बाट निर्देशनमा हात हालेका उनले लगातार 'आधा लभ' र हरर फिल्म 'सुनकेसरी' बनाए । विडम्बना तीनै चलचित्रले उनलाई माथि उठाउन सकेनन् । लगातार असफल भएता पनि उनी हार मान्ने वाला परेनन् र त यति बेला हरर चलचित्र 'घर' लिएर आएका छन् । घर, मान्छेको सबैभन्दा सुरक्षित स्थान । तर, त्यही स्थानमा मान्छे असुरक्षित भयो भने ? आनन्दको जीवन बिताइरहेको घरमा मान्छेले डरको आभास गर्‍यो भने वा मान्छे आफ्नै घरमा तर्सियो भने, डरायो भने के होला ? डरले भरिएको घरमा मान्छे कसरी बस्न सक्ला ?

यही असामान्य अनि अनौठो कथा बोकेको छ हरर चलचित्र 'घर'ले । 'घर'मा सुरक्षा पन्त र बेनिशा हमालका साथमा निर्देशक, कथाकार अर्पण स्वयम् को पनि अभिनय रहेको छ । अर्पणले यस चलचित्रले भने दर्शकलाई निराश नबनाउनेमा आफू विश्वस्त भएको बताएका छन् । 'घर' यही शुक्रवारदेखि देश भर एकसाथ प्रदर्शनमा आउँदै छ ।