चलचित्र ‘एकलब्य’को रोमान्टिक गीत ‘मलाई बनायौँ किन’ सार्वजनिक भएको छ । साउन १० गते रिलिज हुने चलचित्रको सार्वजनिक गीतको भिडियोमा मुख्य कलाकार सोनम थापा मगर र ओसिन भट्टराई फिचर्ड छन् । गीत युवराज चौलागाईं र मेलिना राईले गाएका हुन् भने राजेन्द्र बजगाईँको शब्द, सङ्गीत रहेको छ । गीतको भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी छ । पारिवारिक प्रेमकथामा आधारित ‘एकलब्य’लाई अनमोल शर्माले निर्देशन गरेका हुन् ।  पुष्कर राउत, सुशील पोखरेल, शुष्मा कार्की, महिमा सिलवाल, राजेन्द्र दुलाल, विराग लोगुनको पनि अभिनय रहेको चलचित्रमा भोजराज देवकोटाको पटकथा संवाद, कृष्ण श्रेष्ठको छायाङ्कन र अर्जुन जिसीको सम्पादन छ । चलचित्र अभि फिल्मसको ब्यानरमा निर्माण भएको हो ।