स्मिता दाहाल र आशिष अविरलको स्वर रहेको गीत ‘जालैमा पार्छु’ सार्वजनिक भएको छ । राजधानीमा आयोजना भएको एक कार्यक्रम बिच प्रमुख अतिथि खाने पानी मन्त्री विना मगरको उपस्थितिमा गीतको भिडियो सहित सार्वजनिक भएको हो । गीतमा एकनारायण भण्डारीको शब्द तथा गायक आशिषको सङ्गीत रहेको छ भने भिडियोमा नायिका आँचल शर्मा र मोडल विजु पार्कीसँगै स्मिता पनि फिचर्ड छन् ।

गीत सार्वजनिक कार्यक्रममा भरतपुर महानगरकी मेयर रेणु दाहाल, गायक रामकृष्ण ढकाल, कलाकार जितु नेपाल लगायतको उपस्थिति रहेको थियो भने उनीहरूले गीतको सफलताको लागी शुभकामना दिए । गीतको भिडियोलाई प्रविन स्वरले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् । गीतलाई ओएसआर डिजिटलले बजारमा ल्याएको छ ।