नायिका प्रियंका कार्की यति बेला निर्देशकको रूपमा डेब्यु गर्ने तयारी गर्दै छिन् । आफ्नो होम प्रोडक्सनको पहिलो कोसेली स्वरूप दुई महिला बिचको प्रेम र सम्बन्धको कथा बोकेको वेब सिरिज 'जस्ट अनोदर लभ स्टोरी' को निर्माणमा लागी परेकी छिन् । यसैबिच वेब सिरिज 'जस्ट अनोदर लभ स्टोरी' को गीत 'पहार' शनिवार इन्टरनेटमा रिलिज भएको छ । गीतमा पछिल्लो समय आफ्ना फरक र मिठो सरल शैली का गीत गाएर युवा पुस्ताको मनमा बस्न सफल गायक साजन राज वैद्यको स्वर, शब्द र सङ्गीत रहेको छ । गीतमा सिरिजका मुख्य कलाकार प्रियंका र सृष्टि श्रेष्ठलाई देख्न सकिन्छ । ८ एपिसोड रहने सिरिज गाईजात्राको अवसर पारेर साउन ३१ गतेबाट युट्युबमा रिलिज हुने छ । सिरिजमा सृष्टि श्रेष्ठ र प्रियंका कार्कीको मुख्य भूमिका रहने छ ।