भाद्र २० गतेबाट देशभर प्रदर्शनमा आउन लागेको चलचित्र 'सोच'को टिजर सार्वजनिक भएको छ । एक्सन अभिनेता प्रज्वल गिरी र अभिनेत्री नीता ढुङ्गानाले पहिलो पटक स्क्रिन साझेदारी गरेको चलचित्रको टिजर एक्सनयुक्त छ । निर्माण टिमले फिल्म एक्सन-लभ स्टोरी जनरामा निर्माण भएको बताएको छ । 'सोच' मा निता र प्रज्वलका साथमा पूजन सिंह, विशाल पहारी, सोनिका बास्तोलालगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । पूजन सिंह (प्रभाकर प्रकाश)को निर्देशन, गङ्गा रजक र एसडी निर्माता रहेको चलचित्रमा एनवी महर्जनको द्वन्द्व छ । चलचित्रको कथा निर्देशक पुजनकै हो भने पटकथा र संवाद कृष्ण आचार्यले लेखेका हुन् । फिल्मलाई विदुर पाण्डेले खिचेको हुन् । चलचित्र समग्रमा मनोरञ्जन तथा सन्देश प्रवाह गर्ने निर्माण पक्षको भनाइ छ ।