गत हप्ता नेपाली र जतपटमा धेरै चर्चा परिचर्चा पाएको विषय भनेको नै निर्देशक छवि ओझा र नायिका शिल्पा पोख्रेलको विवाद नै हो । यसबाहेक साना तिना विवाद र कन्ट्रोभर्सी भनेकै चलचित्र क्षेत्रलाई चलायमान देखाउने कुराहरु हुन् । चलचित्र क्षेत्रमा सानोतिनो उत्सव त जहिल्यै भइरहेकै हुन्छ । यसै गरी यो हप्ता पनि नेपाली कलाकार र समग्र चलचित्र क्षेत्रले आफ्नो गति लिइरहन सफल भयो । हेरौँ तस्बिरमा यो हप्ता ।   

अघिल्लो हप्ताबाट प्रदर्शनमा आएको चलचित्र ‘सानो मन’ ले शुक्रवारबाट दोस्रो हप्तामा प्रदर्शन थालनी गरेको छ । चलचित्रको बिहीबार कलाकारहरूको उपस्थितिमा विशेष सो आयोजना गरिएको थियो । चलचित्र हेर्न दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, नम्रता श्रेष्ठ, केकी अधिकारी, रिमा विश्वकर्मा, विशाल भण्डारी, अर्जुन घिमिरे 'पाँडे', कुमार कट्टेल 'जिग्री' लगायत पुगेका थिए ।

नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा

चलचित्र ‘मिस्टर नेपाली’ को सुटिङ प्याक अप भएको छ । देव भुसालको निर्देशनमा तयार भएको चलचित्रको छायाङ्कन करिब ४५ दिनमा सकिएको निर्माणपक्षले जानकारी दिएको छ । गत हप्ता काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गरी आयोजना गरिएको इन्ड क्ल्याप पार्टीमा चलचित्र तिहारको अवसर पारेर प्रदर्शन गरिने बताइएको छ ।  लामो समय पछि अभिनयाँमा फर्किएका अभिनेता भुवन केसी चलचित्रमा दोहोरो भूमिकामा छन् ।

नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा

अभिनेत्री ॠचा शर्माको हिजो अर्थात् साउन १ गते जन्मदिन परेको थियो । नेपाली चलचित्र जगतमा चर्चा परिचर्चाको पछाडि लाग्न नरुचाउने र आफ्नो कामलाई प्राथमिकता दिने अभिनेत्रीको रूपमा चिनिएकी ॠचाले साउन १ गते परेको आफ्नो जन्मदिन सार्वजनिक रूपमा साउन २ गते मनाइन् । उनको जन्मदिन मनाउन उनका नजिक का कलाकार साथीहरू तथा सञ्चारकर्मी उपस्थित थिए । अभिनेत्री हरू को बाहुल्य उपस्थिति रहेको सेलिब्रेसनमा रेखा थापा, रिमा विश्वकर्मा, केकी अधिकारी, प्रियंका कार्की लगायत उपस्थित थिए ।  

नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा

चलचित्र ‘लप्पन छप्पन २’को यति बेला छायाङ्कन भइरहेको छ । मुकुन्द भट्टको निर्देशनमा निर्माणाधिन चलचित्रको केही सिन खिच्न चलचित्रका मुख्य अभिनेता सौगात मल्ल बडीगार्ड सहित राजधानीको व्यस्त अस्पताल पुगेका थिए । सेटमा उनी भिन्न गेट अपमा प्रस्तुत भएका थिए । 

नायिका प्रियंका कार्की को आफ्नै ब्यानरमा निर्माण हुन लागेको वेब सिरिज 'जस्ट अनोदर लभ स्टोरी'मार्फत निर्देशकको रूपमा डेब्यु गर्दै छिन् । यसै वेब सिरिजको लागी निर्माण टिमले फ्रेस अनुहार को माग गर्दै अडिसन आयोजना गरेको थियो । फरक विषय वस्तुमा निर्माण हुन लागेको सिरिज मा प्रियंका आफै पनि अभिनय गर्दै छिन् ।  

नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा

यो हप्ता अभिनेता अर्पण थापाको निर्देशनमा बनेको हरर चलचित्र 'घर' प्रदर्शन भइरहेको छ । शुक्रवारदेखि देश व्यापी रूपमा प्रदर्शनमा आएको 'घर' दर्शकलाई चलचित्रको फरक स्वाद चखाउने चलचित्र हो । 'घर'मा मृत आत्माले लिएको बदलाको कथा रहेको छ । चलचित्रमा निर्देशक अर्पणसँगै सुरक्षा पन्त र बेनिशा हमाल, अस्मिता खनाल, सरोज अर्याल, सृष्टि महर्जन र विकास खनालको पनि प्रमुख भूमिका रहेको छ । 

नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा