विशारद बस्नेत र मिराज रोष निर्देशित कमेडी चलचित्र ‘न यता न उता’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । श्रावण १७ गते रिलिज हुने चलचित्रको पोस्टरमा प्रमुख कलाकारहरू सबैलाई स्थान दिइएको छ ।  ओम गुरुङ र रिना लामा कार्यकारी निर्माता रहेको ‘न यता न उता’मा लन्डनबाट नेपाल आएका दुई अर्धबैंशे नेपालीको बिहेको लागी परेको दौड धुपको कथा रहेको बताइएको छ । चलचित्रमा ऋचा शर्मा, मिराज रोश, समीर दीक्षित, छुल्ठिम गुरुङ, बुद्धि तामाङ, रविन्द्र झा, सिल्सा जिरेल, राजाराम पौडेल, कमलमणि नेपाल, जीवन भट्टराई, किरण राई, नमिता घिसिङ, भिमा मैनाली, राजन खतिवडा, जयनन्द लामालगायतको अभिनय रहेको छ ।

केही दिन अघि चलचित्रको ट्रेलर सार्वजनिक भएको थियो जसलाई दर्शकले रुचाइरहेका छन् । मिराज रोषको कथा पटकथा रहेको सिनेमामा अभिमन्यु निरवीको संवाद छ । चलचित्रमा अमित अर्याल, बेनकण्ठ मकाजु, विजय अवाले, विनिता अधिकारी, डाक्टर निराजन प्रधान, प्रतीक कर्माचार्यले लगानी रहेको छ भने अरोन अशोक कुमारको छायाङ्कन र विपिन मल्लको सम्पादन रहेको छ ।