सुलक्षण भारतीद्वारा निर्देशित नाटक 'तीनकुने' कौसी थिएटर टेकुमा मञ्चन भइरहेको छ । नाटकमा तीन फरक कथालाई जोडेर नयाँ रूप दिइएको नाटकले सम्बेग आवेग र भावनालाई एक ठाउँमा ल्याएर निर्माण गरिएको छ । पोषण पाण्डेद्वारा लिखित ‘भिनाजुको स्वेटर’, रमेश विकलद्वारा लिखित ‘एउटी अवकाश प्राप्त वेश्याको आत्महत्या’ र वियस राईद्वारा लिखित ‘चम्पाको नाम’ लाई एकै नाटकमा समायोजन गरी नाटक तयार गरिएको हो। 'तीनकुने' १२ साउनसम्म मङ्गलवार बाहेक हरेक दिन साँझ ५:३० मा मञ्चन हुनेछ भने शनिवार दुई सो मञ्चन हुनेछ । नाटकमा सुलक्षण भारती, सिर्जना अधिकारी, रेणु योगी, रोशनी कार्की, सविना थापा, सरिता भुजेल, प्रकाश गुरागाइ, निसान खत्री, जयराम ढकाल, सौजन लिम्बू, प्रकाश बास्तोला, अरुण पौडेल, राजकमल, हिरा हमाल, नवीन अर्याल, न्हुजः महर्जन र सन्जीप योगीको अभिनय छ।

निर्देशक भारती ले यसअघि मिल्क टी, सलेदो, बोक्सीको घर, बिल गेट्स पण्डित, मेटामर्फोसिस लगायत नाटकहरूमा अभिनय तथा निर्देशन गरिसकेका छन् । अहिले उनी आफ्नै नाटक घर ‘पुरानो घर’ सञ्चालनको तयारीमा पनि जुटेका छन्।