चलचित्र ‘कृ’ निर्माता सुवास गिरी नयाँ चलचित्र ‘नन्दुलाल’ निर्माणको तयारीमा छन् । चलचित्र ‘कृ’ यता उनले कुनै चलचित्रमा हात हालेका छैनन् । चलचित्रको निर्देशन आफै गर्ने सोच बनाएका सुवासले चलचित्रको कथामा काम गरिरहेको बताएका छन् । सुवास इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने चलचित्र सामाजिक विषयवस्तुमा आधारित हुने पनि सुवासले मिडियालाई जानकारी दिएका छन् । साथमा चलचित्रको शीर्ष भूमिकामा कलाकार खगेन्द्र लामिछानेले फाइनल भएका छन् । खगेन्द्र आफैले चलचित्रको कथा लेखिरहेको पनि बुझिएको छ । चलचित्र माघबाट मात्रै फ्लोरमा जाने भएकाले अन्य कलाकार, प्रदर्शन मिति लगायत कामहरू बिस्तारै टुङ्गो लाग्ने बताएइको छ ।