अरुण खड्काको निर्देशमा बन्ने चलचित्र ‘फटाहा फणिन्द्रे’को निर्माण घोषणा भएको छ । अरुण फिल्म प्रोडक्सन प्रालीको तेस्रो चलचित्रमा मुख्य अभिनेत्रीको रूपमा सुष्मा कार्कीलाई फाइनल भएकी छन् । चलचित्र अरुण खड्काकै लगानी र निर्माण बन्ने छ । कार्तिकबाट छायाङ्कनमा जाने ‘फटाहा फणिन्द्रे’ कमेडी जनरामा निर्माण हुनेछ । चलचित्र निर्माणको सिलसिलामा आफूले यो क्षेत्रमा बिताएको एक दशकमा सिकेको र बटुलेको अनुभव ‘फटाहा फणिन्द्रे’मा खन्याउन लागेको खड्काको भनाई छ ।
अहिले बनिरहेको भन्दा फरक र सबैले मन पराउने चलचित्र आफूले निर्माण गर्ने विश्वास अरुणको छ । चलचित्रमा चलेका र केही नयाँ कलाकार समेतको अभिनय रहने र बाँकी कलाकार छिट्टै टुङ्गो लाग्ने निर्माता तथा निर्दे अरुण खड्काले जानकारी दिएका छन् । चलचित्रमा रोशन श्रेष्ठको एक्सन र हरि घले लामाको छायाङ्कन रहनेछ भने उत्तम केसीको कथा, हिमाल उप्रेतीको पटकथा सम्वाद रहनेछ ।