विदेशी चलचित्रले नेपाली चलचित्र माथि पारेको प्रभाव बारे बहस भइरहेका बेला सरकारले आर्थिक वर्ष ०७५/७६ मा विदेशी फिल्म प्रदर्शनबाट ७ करोड ८० लाख चलचित्र विकास शुल्क सङ्कलन गरेको सार्वजनिक भएको छ । सरकारले विदेशी फिल्म प्रदर्शनका लागि १५ प्रतिशत चलचित्र विकास शुल्क तोकेको छ । केही समय यता नेपालमा विदेशी फिल्मको लोकप्रियता झन् बढेको चलचित्र विकास बोर्डले जानकारी दिएको छ । विदेशी फिल्मले १३ प्रतिशत मूल्य अभिवृद्धि करसहित चलचित्र विकास शुल्क बुझाउनुपर्छ । नेपाली चलचित्रमा भने यो नियम लागु हुँदैन । आगामी आर्थिक वर्षमा राजस्व सङ्कलन अझै बढ्ने अनुमान बोर्डले गरेको छ ।