शङ्कर लामिछानेको कथा आत्माको मीमांसामा आधारित नाटक 'मिमांसा' साउन १० गते देखी मण्डला थिएटर काठमान्डुमा मञ्चन हुँदै छ । प्रविण खतिवडाले निर्देशन गरेको नाटकमा नेपाली रङ्गमञ्चका महान् हस्ती सुनिल पोख्रेलको अभिनय रहेको छ । सोमबार बाहेक हरेक साँझ ५:३० बजे र शनिवार दिउँसो १ बजे पनि मञ्चन हुने नाटक 'मिमांसा' साउन ३२ गतेसम्म मञ्चन हुनेछ ।
नाटकमा फरक पन अनि नयाँ प्रयोगले नै नाटक जीवन्त हुने गर्दछ । यसै विषयमा दक्ष निर्देशक खतिवडा र पोख्रेलको सहकार्यले नाटक विशेष र जीवन्त हुनेमा फरक मत नहोला ।