चलचित्र 'झिङ्गेदाउ'मा केही समय अघि अभिनेत्री केकी अधिकारी र अभिनेता मुकुन भुसाल अनुबन्धित भएका थिए । निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनमा बन्ने ’झिङ्गेदाउ’मा कलाकार फाइनल गर्ने क्रममा अभिनेत्री आँचल शर्माको इन्ट्री भएको छ । निर्देशक देउजाका अनुसार केही दिन अघि नै आँचलले साइन गरिसकेकी थिइन साथमा चलचित्रमा केकी र आँचलको प्यारालल भूमिका रहने उनको भनाइ छ । भीमनिधि तिवारीको आख्यानमा आधारित चलचित्रमा केकीको जोडीको रूपमा मुकुन रहनेछन् भने आँचलको जोडी कोसँग मिलाइने छ त्यो खुलाइएको छैन । यद्ध्यपी अन्य २ मुख्य कलाकार पनि फाइनल हुन बाँकी रहेको बुझिएको छ । चलचित्र भदौदेखि छायाङ्कनमा जानेछ ।