चलचित्र 'जाइरा’को आइटम गीत ‘यो मात चढेको साँझ’ सार्वजनिक भएको छ । नम्रता श्रेष्ठ स्टारर 'जाइरा’मा समावेश सार्वजनिक गीत शुक्रवार इन्टरनेटमा रिलिज गरिएको हो । गीतमा चलचित्रका मुख्य कलाकार प्रमोद अग्रहरी, सिर्जना रेग्मी र तनुजा गुरुङलाई फिचर्ड छन् । गीतमा फिरोज बज्राचार्य, डिजे राजुको रि-एरेञ्ज र मिना निरौलाको स्वर छ । ‘यो मात चढेको साँझ’ धेरै समय पहिलेको सुपर हिट चलचित्र ‘मनको बाँध’मा रहेको गीतको रिमेक गरिएको गीत हो । गीतमा वरिष्ठ गीतकार किरण खरेलको शब्द रचना रहेको थियो भने सङ्गीत शिव शंकरले सिर्जना गरेका थिए । सार्वजनिक गीतको भिडियोमा गोविन्द राईले कोरियोग्रफी गरेका हुन् । नम्रता श्रेष्ठले यस अघि काम गरेका चलचित्र भन्दा फरक भूमिका निभाएको 'जाइरा'लाई डेब्यु निर्देशक आशुतोष राज श्रेष्ठले निर्देशन गरेका हुन् ।

अनुपविक्रम शाही, प्रमोद अग्रहरी, रेमनदास श्रेष्ठ, र नवकलाकार सृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरलगायतको अभिनय रहेको चलचित्र भदौ ६ गतेबाट प्र्दर्शनमा आउँदै छ । कटामरी फिल्मसको सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्सन र ट्रेन्डसेटर्स प्रालिको ब्यानरमा निर्मित चलचित्रको कार्यकारी निर्माता प्रसन्न गोपाली हुन् भने, जाइरामा प्रनिता श्रेष्ठ निर्माताको रूपमा रहेकी छन् । निर्देशक श्रेष्ठ र निरोज महर्जनको पटकथा छ रहेको चलचित्रलाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् ।