साउन ३० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘हजार जुनीसम्म’को शुक्रवार अफिसियल ट्रेलर सार्वजनिक गरियो । ट्रेलर एक कार्यक्रम बिच सार्वजनिक गरिएको थियो जहाँ चलचित्रका अधिकांश कलाकार उपस्थित थिए । कार्यक्रममा चलचित्रकी मुख्य अभिनेत्री स्वस्तिमा खड्का विशेष रूपमा सजिएर पुगेकी थिइन् । उनले पहेँलो वान पिसमा कर्ली गरिएको कपाल छोडेकी थिइन् जसमा निकै खुलेको देखिएको थियो । सरल तर ग्ल्यामरस देखिएकी स्वस्तिमालाई तस्बिरमा हेरौँ ।
सार्वजनिक ट्रेलरमा मुख्य अभिनेता आर्यन सिग्देललाई प्रेममा आफ्नो जीवन समर्पण गर्ने प्रेमीको रूपमा प्रस्तुत गरिएको छ भने स्वस्तिमाको क्यारेक्टरलाई सस्पेन्समा राखिएको छ । विकास राज आचार्यको निर्देशनमा निर्माण भएको चलचित्रमा आर्यन सिग्देल, स्वस्तिमा खड्का, सलोन बस्नेतका अलावा सञ्चिता लुइँटेल, शिवहरि पौडेल, डेव्यु अभिनेता अखिलेस प्रधान, अनुभव रेग्मी लगायतका कलाकारको अभिनय रहेको छ ।