बलिउड अभिनेत्री आलिया भट्टले पाकिस्तानी सेनासँग बिवाह गर्ने भएकी छिन् । चलचित्र ‘राजी’को तयारीमा लागीरहेकी आलिया उक्त चलचित्रमा कश्मिरी युवतीको भुमिकामा देखिने भएकी हुन । जसमा उनी पाकिस्तानी सेनाको श्रीमतीको रुपमा प्रस्तुत हुने छिन् ।
चलचित्रमा अभिनेता बिक्की कौशल सैनिकको भुमिकामा देखिदै छन् । हरिन्दर सिक्काको उपन्यास कालिंगमा आधारित रहेको चलचित्र ‘राजी’ जासुसी र रहस्यले भरिएको चलचित्र हुने निर्मता करण जोहरले बताएका छन् । चलचित्रको छायाँकन चाँडै सुरु गरिने तयारी भइरहेको निर्माण पक्षले बताएको छ ।