मेलिना राई र कमल अधिकारीको स्वर रहेको गीत ‘नाचौँ छमछम’ सार्वजनिक भएको छ । हरि कटवालको शब्द रहेको गीतलाई कमलले नै कम्पोज र एरेन्ज गरेका हुन् । भिडियो सहित युट्युबमा रिलिज भएको गीतमा पल शाह र आँचल शर्मा फिचर्ड छन् । माया भन्दा ठुलो केही छैन र यसमा नै रमाऔँ र नाचौँ भन्ने भाव रहेको गीतको भिडियोमा पल र आँचल को छमछमी नृत्य हेर्न सकिन्छ ।

ठुलो पर्दा होस् या सानो पल र आँचलको जोडिलाई दर्शकले निकै नै रुचाएका छन् । सार्वजनिक म्युजिक भिडियोमा पनि यो जोडीको केमेस्ट्री निकै नै मिलेको छ । अर्जुन तिवारीले खिचेका भिडियोमा विक्रम चौहानको कोरियोग्राफी तथा निर्देशन रहेको छ ।