सम्राट बस्नेतको निर्देशनमा बनेको चलचित्र ‘पासवर्ड’को अफिसियल पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकारसहित बलिउड अभिनेत्री सन्नी लिओनीलाई पनि स्थान दिइएको छ । आइटम गीतमा नृत्य पस्किएकी सन्नीको चलचित्रमा केही संवादसहितको दृश्य पनि समेटिएको निर्माण पक्षले बताएको छ । चलचित्रका मुख्य अभिनेता अनुपविक्रम शाही र विक्रम जोशीलाई आक्रामक भावमा पोस्टरमा देखाइएको छ ।

‘पासवर्ड’को अफिसियल पोस्टर सार्वजनिक: पोस्टरमा कोको अटाए ?

एबी इन्टरनेशनलको ब्यानरमा निर्माण भएको चलचित्रमा बुद्धि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, परी राणा, विक्रम बस्नेत, लिजा सुनार, छुल्ठिम गुरुङ लगायतको पनि अभिनय रहेको छ । हिरल जोशी र अमित बस्नेतले मिलेर निर्माण गरेको 'पासवर्ड'मा अकिंत गौतम कार्यकारी निर्माता रहेका छन् । चलचित्रमा एक्सन, कमेडी, थ्रिलरलाई समावेश गरिएको छ । 'पासवर्ड'लाई सौरभ लामाले छायाङ्कन गरेका हुन् ।