अभिनेता दिलीप रायमाझीकी छोरी दिव्याले शिवहरि पौडेलद्वारा निर्देशित चलचित्र 'लक्का जवान' मार्फत नेपाली फिल्म इन्डस्ट्रीमा डेब्यु गर्ने हल्लाले मिडियामा राम्रै ठाउँ पाएको थियो । दिलीप रायमाझी र किरण केसी सह-निर्माता रहेको चलचित्रमा दिव्यालाई लिन पहल गरिएको तर अध्ययन पूरा नभएका कारण उनले काम नगर्ने भएको शिवहरिले बताएका छन् । दिव्या केही वर्ष यता अमेरिकामा अध्ययन गरिरहेकी छिन् । उनलाई फिल्ममा ल्याउन फिल्मकर्मीले दिलीपलाई आग्रह गरिरहेका छन् र दिव्या पनि फिल्म इन्डस्ट्रीमा आफूलाई ल्याउन चाहन्छिन् तर उनको पढाइसँगै उनले केही समय धैर्य गर्नु पर्ने भएको छ ।

चलचित्र 'लक्का जवान'मा अभिनेत्री प्रियंका कार्की अनुबन्ध भइसकेकी छिन् भने दिलीप पनि खेल्नेछन् साथमा अर्का एक नायक र नायिका चलचित्रको कथाको माग रहेको बुझिएको छ । आमा बङ्गालमुखी फिल्म प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण हुने फिल्ममा ध्रुव पन्त र अनुसुया श्रेष्ठ पन्तको लगानी रहनेछ ।