आगामी असोज ३ मा रिलिज मिति तोकेको चलचित्र ‘लभ डायरीज’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘सुन्यौ कि सुनेनौ तिमीले ?’ बोलको गीत सोमबार राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो । गायक सुगम पोखरेल र स्वेच्छा ठकुरीको स्वर रहेको गीतमा अर्जुन पोखरेलले शब्द सङ्गीत तथा बाबु प्रधानको एरेञ्ज रहेको छ । गीतको भिडियोमा चलचित्रका मुख्य अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री रुविना थापा फिचर्ड छन् । विक्रम लामा र एञ्जिला खत्रीको कोरियोग्राफी रहेको गीतको भिडियो सञ्जय लामाले खिचेका हुन् । चलचित्रका निर्देशक सौरभ चौधरीले ‘लभ डायरीज’ राम्रो बनाउन आफूले कुनै कसर बाँकी नराखेको बताएका छन् ।
चलचित्रमा विश्वजित रिमाल, विष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारीलगायतका कलाकारहरूको समेत अभिनय रहेको छ । अब यस चलचित्र सुपर हिट चलचित्र 'कबड्डी'को तेस्रो सिरिज ‘कबड्डी कबड्डी कबड्डी’ सँग प्रतिस्पर्धामा उत्रिनु पर्ने भएको छ । बजारमा ‘लभ डायरीज’को मिति परिवर्तन हुने हल्ला सुनिए पनि निर्देशक चौधरीले दश वटा फिल्म भिड्न आए पनि आफ्नो फिल्म नसर्ने बताएका छन् ।