हास्य कलाकार शिवहरि पौडेल चलचित्र 'लक्का जवान' मार्फत निर्देशनमा डेब्यु गर्दै छन् । चलचित्रमा अभिनेत्री प्रियंका कार्की मुख्य नायिकाको रूपमा अनुबन्धित भइसकेकी छिन भने चलचित्रमा दुई नायिका हुने भएकाले नायिका वर्षा सिवाकोटीलाई पनि फाइनल गरिएको छ । सिवाकोटी र फिल्म निर्माण यूनिट बिच मौखिक सहमति भइसकेको र यति बेला नायिका ‘वीर विक्रम २’ प्रदर्शनको लागी विदेशमा रहेकाले लिखित सम्झौता हुन भने बाँकी रहेको बुझिएको छ ।
'लक्का जवानमा' सह-निर्माता रहेका दिलीप पनि खेल्नेछन् साथमा अर्का एक नायकको माग रहेको शिवहरिले बताएका छन् । आमा बङ्गालमुखी फिल्म प्रोडक्सन प्रा.लिको ब्यानरमा निर्माण हुने फिल्ममा ध्रुव पन्त र अनुसुया श्रेष्ठ पन्तको लगानी रहनेछ । दिलीपका साथमा किरण केसी पनि सह- निर्माता रहेका छन् ।