सपनासँग जोडिएको जिन्दगीको कथा बोक्ने चलचित्र 'आधा सुर'को निर्माण घोषणा भएको छ । अशिन पौडेलको निर्देशनमा निर्माण हुने 'आधा सुर'को मङ्गलवार राजधानीमा आयोजित एक कार्यक्रमका बिच औपचारिक निर्माण घोषणा भएको हो । अर्पण थापा, प्रवीण खतिवडा, शिशिर बाङ्देल, सरिता गिरी, दिलीप रानाभाट, बविता मल्ल, सुरज विष्ट, सुभांगम पराजुलीको अभिनय रहने चलचित्रको भदौ दोस्रो साताबाट छायाङ्कन सुरु हुनेछ भने काठमाडौँमा र पोखरामा खिचिनेछ । आयोजित कार्यक्रममा चलचित्रको लागि एक अभिनेत्रीको खोजी भइरहेको जानकारी निर्देशक पौडेलले दिए । चलचित्रलाई स्तरीय बनाउन कुनै कसर बाँकी नछाड्ने उनले थपे ।
फिल्म क्रिउ नेपाल र व्यास मोशन पिक्चर्सको ब्यानरमा निर्माण हुने चलचित्रको कथा सौरभ कार्कीले लेखेका हुन् भने विष्णु घिमिरे ‘कल्पित’ ले छायाङ्कन तथा रोशनराज थापाले सङ्गीत र केशव रानाले सम्पादनको काम गर्ने छन् ।