चलचित्र ‘रे’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । दिनेश पौडेलको निर्देशनमा निर्माण भएको चलचित्रको ट्रेलर मङ्गलवार इन्टरनेटमा रिलिज गरिएको हो । एक्सन, लभस्टोरी कथामा निर्माण भएको चलचित्र साउन २४ गतेबाट प्रदर्शनमा आउँदै छ । सार्वजनिक ट्रेलरमा सुनिल थापा, सुजाता थपा, दिवश धितालबिचको माया, प्रेम र द्वन्द्वलाई प्रस्तुत गरिएको छ । उपत्यकाभित्र हुने प्रख्यात ३ जात्राहरूको वरिपरि घुम्ने चलचित्रमा पूर्णिमा लामा, क्रान्ति बराइली, अभिषेक जोशी, रक्षा गुरागाई लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।
'रे' सगुन फिल्मसको ब्यानरमा निर्माण भएको हो भने चलचित्रको कथा निर्देशक स्वमयले लेखेका हुन् । राजेन्द्र त्रिपाठीले निर्माण गरेको चलचित्र कुमार श्रेष्ठको द्वन्द्व निर्देशन, ओम सुनारको सङ्गीत, कविराज गहतराजको नृत्य निर्देशन, रमेश बिशुँखे र महेन्द्र थापाको सम्पादन रहेको छ ।