कलाकार शिवहरि पौडेलको निर्देशनमा बन्ने चलचित्र ‘लक्का जवान’को बुधवार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी औपचारिक निर्माण घोषणा गरिएको छ । चर्चित हास्य सिरियल ‘जिरे खुर्सानी’ निर्देशन गरेर चर्चा कमाएका शिवहरिको यो पहिलो फिचर फिल्म हो । ध्रुवदत्त र अनुसुयषा श्रेष्ठको प्रस्तुतिमा बन्ने चलचित्रमा किरण केसी, दिलीप रायमाझी र शिवहरि पौडेल कार्यकारी निर्माताका रूपमा छन् । सुरेन्द्र केसी र दीपेन्द्र खनिया चलचित्रका सह–निर्माता हुन् । चलचित्र ‘आमा बङ्गलामुखी फिल्म प्रोडक्सन’को ब्यानरमा बन्ने छ । 'लक्का जवान'मा किरण केसी, दिलीप रायमाझी, शिवहरि पौडेल, सुरेन्द्र केसी, वर्षा सिवाकोटी, प्रियंका कार्की, राजाराम पौडेल, सलोन बस्नेत लगायतको अभिनय रहने छ ।
कार्यक्रममा बोल्दै निर्देशक शिव हरिले चलचित्र प्रति निकै आशावादी रहेको आशय व्यक्त गरेका थिए । पारिवारिक तथा कमेडी कथामा बन्न लागेको यस चलचित्र निर्माता तथा कलाकार किरण केसीको जन्मदिन पारेर केही समय अगाडी निर्माण घोषणा गरिएको थियो ।