निर्देशक-अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काको जोडी ‘आदर्श जोडी सम्मान २०७६’बाट सम्मानित हुने भएका छन् । हरितालिका तिजको अवसरमा साउन १६ गतेदेखि १८ गतेसम्म जावलाखेलमा आयोजना हुन लागेको ‘तिज माइती मेला तथा सम्मान २०७६’ कार्यक्रममा उनीहरूलाई सम्मान गरिने छ । ललित व्यूटिसियन बहुउद्येश्यीय सहकारी संस्था लिमिटेड र ललित फरिया घरको आयोजनामा तीन दिनसम्म चल्ने मेलाको उद्घाटन ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गर्ने छन् । विगत ६ वर्षदेखि ‘तिज माइती मेला तथा सम्मान’ कार्यक्रम गर्दै आएको ललित व्यूटिसियन बहुउद्येश्यीय सहकारी संस्थाले हरेक वर्षको तिजमा विभिन्न संस्कृति कार्यक्रमसँगै एक आदर्श जोडीलाई सम्मान गर्दै आएको छ । जावलाखेलमा रहेको स्टिल टावर अगाडिको चौरमा कार्यक्रम आयोजना हुनेछ ।