मिस्टर नेपाल २०१७का विजेता अक्षयजंग रायमाझी फिलिपिन्सको राजधानी मनिलामा यही अगस्ट ६ देखी आयोजना हुन लागेको मिस्टर वर्ल्ड २०१९मा सहभागी हुने भएका छन् । विश्व भरबाट उपाधि विजेताहरू सहभागी हुने उक्त प्रतिस्पर्धामामा रायमाझीले नेपालको भेष भूषा, संस्कृतिको प्रचार गर्नुका साथै नेपाल पर्यटन वर्ष २०२०लाई पनि प्रचार गर्ने मिस्टर नेपालका आयोजक एक्स्पोज नेपालले राजधानीमा प्रेस मिट आयोजना गरी जानकारी दिएको छ । युवाहरूको व्यक्तित्व विकास, आत्मविश्वास र समग्र क्षमताको अभिवृद्धि गर्ने उद्देश्य सहित २००१ देखी निरन्तर आयोजना भइरहेको मिस्टर नेपालमा नेपाल भरबाट अडिसन मार्फत छानिएका प्रतियोगी मार्फत उत्कृष्ट एकलाई विजेता छानिनेछ ।
यसका साथै मिस्टर नेपाल २०१९को मिस्टर नेपालको लागी पनि आवेदन खुलेको आयोजकले जानकारी दिएको छ । १७ देखी ३०उमेर समूहका युवाहरूले प्रतियोगितामा सहभागी हुन पाउनेछन् । देशका विभिन्न सहरमा अडिसन आयोजना हुने पनि बताइएको छ । विजेताले मिस्टर वर्ल्डमा सहभागी हुन पाउनेछन् ।