निर्देशक-अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काको जोडी ‘आदर्श जोडी सम्मान २०७६’बाट सम्मानित भएको छ। चलचित्र बुलबुलबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड हात पार्न सफल नायिका स्वस्तिमा र पछिल्लो समय निकै रुचाइएका निश्चलालाइ ललितपुरको जावलाखेलस्थित खुल्ला चौरमा आयोजित तीन दिने 'तीज माइती मेला २०७६' को उद्घाटन समारोहमा नेपाली कला क्षेत्रको आदर्श जोडीको उपाधि दिँदै सम्मान गरिएको हो । पछिल्लो समय एक पछी अर्को सम्मान पाइरहेकी स्वस्तिमा पोखरामा आयोजना हुने एक फिल्म फेस्टिभलमा सहभागी हुने भएकी छिन् । 

ललित व्यूटिसियन बहुउद्येश्यीय सहकारी संस्था लिमिटेड र ललित फरिया घरको आयोजनामा तीन दिनसम्म चल्ने मेलाको उद्घाटन ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गरेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी विशिष्ट अतिथि थिए भने ललितपुर महानगरपालिकाकी उपमेयरलगायतको प्रस्तुति रहेको थियो ।

निश्चल र स्वस्तिमा ‘आदर्श जोडी सम्मान २०७६’द्वारा सम्मानित निश्चल र स्वस्तिमा ‘आदर्श जोडी सम्मान २०७६’द्वारा सम्मानित

विगत ६ वर्षदेखि ‘तिज माइती मेला तथा सम्मान’ कार्यक्रम गर्दै आएको ललित व्यूटिसियन बहुउद्येश्यीय सहकारी संस्थाले हरेक वर्षको तिजमा विभिन्न संस्कृति कार्यक्रमसँगै एक आदर्श जोडीलाई सम्मान गर्दै आएको छ । जावलाखेलमा रहेको स्टिल टावर अगाडिको चौरमा साउन १८ सम्म मेला चल्नेछ ।

निश्चल र स्वस्तिमा ‘आदर्श जोडी सम्मान २०७६’द्वारा सम्मानित