नेपाली कलाकारहरूको लागी विदेश जानु भनेको घुम्नु रमाइलो गर्नु मात्र नभएर स्वतन्त्र हुनु पनि हो । विदेश यात्रा गरेका जो सुकै कलाकार नेपालमा रहँदा भन्दा फरक तरिकाले प्रस्तुत हुन्छन् । समुन्द्री किनारमा जानु बिकिनी सुट गर्नु, बिचमा रमाइलो गर्नु लगायतका काम गर्नु उनीहरूका लागी विदेशी भूमिमा नेपालमा गर्न नपाउने र गर्न असहज हुने काम हुने भएर होला प्राय विदेश भ्रमणमा गएका नायिकाहरू कुनै न कुनै रूपले चर्चामा आउने गर्छन् । केही दिन अघि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको बोल्ड र अन्तरङ्ग तस्बिरले सानो तीनो हलचल नै ल्यायो । यसै बिच भर्खरै रिलिज भएको चलचित्र 'घर'की अभिनेत्री बेनिशा हमालले आफ्नो सामाजिक सञ्जालमा हट तस्बिर सार्वजनिक गरेकी छिन् । थाइल्यान्ड पुगेकी बेनिशाले ब्ल्याक टु पिसमा अनुहार छोपेको तस्बिर सेयर गरेकी थिइन् । साथीसँग होलिडे मुडमा थाइल्यान्ड पुगेकी उनको साथीसँग होलिडे मुडमा थाइल्यान्ड पुगेकी उनको बोल्ड फिगरको चर्चा पनि भएको छ ।