रञ्जित नेपालीको स्वर रहेको गीत ‘नशा’ सार्वजनिक भएको छ । गीतको भिडियो सहित इन्टरनेटमा सार्वजनिक गरिएको हो । कलाकार लक्ष्मी बर्देवाको निर्देशनमा बनेको गीतको भिडियोमा उनको साथमा जीवन भट्टराईको पनि अभिनय रहेको छ । म्युजिक भिडियोको स्टोरी, स्क्रिप्ट र कन्सेप्ट समेत लक्ष्मीकै रहेको छ । गीतमा शान्त सापकोटा कम्पोज रहेको छ भने शब्द मनिष वशिष्ठको छ । भिडियो बुद्ध थापाले छायाङ्कन गरेका हुन् । भिडियोमा लक्ष्मी र जीवनसँगै सफर पोखरेल, सचिन मल्ल, रञ्जित नेपालीको अभिनय रहेको छ । एक इमानदार कर्मचारीको जिवन, उसले पाएको दुख र त्यसबाट मुक्ति पाउन रोजेको गलत कदमलाई गीतले समेटेको छ । गीत निकै मार्मिक छ भने भिडियो पनि मन छुने खालको बनेको छ ।