विशाल सापकोटाले निर्देशन गर्ने चलचित्र ‘सेल्फी किङ’मा अभिनेता विपिन कार्की अनुबन्धित भएका छन् । सुवास थापा र दिनेश राउतले निर्माण गर्ने चलचित्र भदौ १० देखि जुम्लामा छायाङ्कन सुरु हुने छ । दुई अभिनेत्री रहने चलचित्रको लागी स्वस्तिमा खड्का र लक्ष्मी वर्देवासँग टिमले कुरा गरिरहेको बताइएको छ । कथा विपिनको वरिपरि घुम्ने बताइएको छ । सुवास, दिनेश र विपिनले यस अघि चलचित्र 'प्रसाद'मा एकसाथ काम गरेका थिए । साथमा दर्शकले रुचाउनु का साथै विपिनले यसै चलचित्रबाट राष्ट्रिय अवार्ड जित्न सफल भएका थिए ।