गायिका मेलिना राई र गायक टंक बुढाथोकीको गीत ‘कसरी कसरी २’ रिलिज भएको छ । साउन १७ अर्थात् शुक्रवार रिलिज भएको गीत अहिले ट्रेन्डिङ्गको एक नम्बरमा पर्न सफल भएको छ । गीतमा टंककै शब्द तथा सङ्गीत रहेको छ । दीपकराज सुनारले कोरियोग्राफी गरेको गीतमा टंक र मेलिनासँगै सुनिल क्षेत्री, एआर बुढाथोकी, आयुष गुरागाईं, दिपा श्रेष्ठ, दमन्ता श्रेष्ठ फिचर्ड छन् ।

गीतको भिडियोलाई कविराज गहतराजले निर्देशन गरेका हुन् । 'कसरी कसरी' भाग १लाई दर्शकले अत्ध्याधिक मन पराएपछी यसैको भाग २ निकालिएको हो जसलाई पनि निकै सकारात्मक प्रतिक्रिया आइरहेको छ ।7TrNnkK0IJg