बत्तिसपुतली स्थित शिल्पी थिएटरको गोठाले नाटकघरमा नाटक ‘वैजयन्ती’ मञ्चन भइरहेको छ । आशान्त शर्माको परिकल्पना तथा निर्देशनमा बनेको नाटक सौभाग्य सिंह(शोभा)को कथामा आधारित रहेको छ । नाटकमा मञ्जु श्रेष्ठ, सुदिपजंग कार्की, सौभाग्य सिंह(शोभा), चाँदनी शाही, विजय नेपाल, सञ्जु कार्की र हेमन तण्डुकारको अभिनय रहेको छ । नाटकको निर्माण सञ्जीव राई र चक्र विष्टले गरेका हुन् । नाटक  साउन २७ गतेसम्म मञ्चन हुनेछ । साथै हरेक साँझ  ५ः२५ बजे र शनिवार अतिरिक्त सो १ बजे मङ्गलवार बाहेक नियमित मञ्चन हुनेछ ।  नाटकमा फरक क्षमता भएका व्यक्तिइ हरुको मनोदशा, जिवन, द्वन्द, प्रेम–आसक्तिलाई प्रस्तुत गरिएको छ ।  

(तस्बिर: आशान्त शर्माको फेसबुकबाट)