यही साउन २४ गते भोटेकोशी बिच रिसोर्टमा कन्सर्ट आयोजना हुने भएको छ । सरोज भन्डारीले आयोजना गरेको उक्त कन्सर्ट तथा एक दिने क्याम्पमा 'मङ्की टेम्पल' र 'अडियो स्क्वाड'को प्रस्तुति रहने छ । कन्सर्टलाई अजम्बरी नाइट नाम दिइएको छ । उक्त क्याम्पमा सहभागीले एकमुष्ट प्याकेज लिँदा कन्सर्टको टिकट समेत उपलब्ध गराइने आयोजकले जानकारी दिएको छ ।
क्याम्प तथा कन्सर्टलाई सिलिकन एजुकेसन नेटवर्कले सहकार्य गरेको छ । अग्रिम बुकिङको लागी खुल्ला गरिएको र जानकारीको लागी सिलिकन एजुकेसन नेटवर्कमा सम्पर्क गर्न सकिने छ ।