परिच्छेद सेनको निर्देशनमा चलचित्र 'म' बन्ने भएको छ । कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्ने चलचित्रको सोमबार राजधानीमा एक कार्यक्रमका आयोजना गरी औपचारिक घोषणा गरियो। चलचित्रका विभिन्न विषय र विधाहरूको अध्यापन गराउँदै आएको कान्तिपुर फिल्म एकेडेमीले पहिलो पटक चलचित्र निर्माण गर्न लागेको ।

कान्तिपुर फिल्म एकेडेमीले चलचित्र 'म' निर्माण गर्दै कान्तिपुर फिल्म एकेडेमीले चलचित्र 'म' निर्माण गर्दै

विजय लामा, सरिता लामिछाने, रेवती क्षेत्री, कुसुम गुरुङ, रेविका गुरुङ अनिल कँडेल, सन्जोग रसाइलीको मुख्य भूमिका रहने चलचित्रले हरेक व्यक्तिको कथा भन्ने निर्देशक सेनले बताएका छन् । 

कान्तिपुर फिल्म एकेडेमीले चलचित्र 'म' निर्माण गर्दै कान्तिपुर फिल्म एकेडेमीले चलचित्र 'म' निर्माण गर्दै कान्तिपुर फिल्म एकेडेमीले चलचित्र 'म' निर्माण गर्दै

साथमा बाल कलाकारको रूपमा उनव श्रेष्ठ र सम्पन्न ढकालले अभिनय गर्ने छन् । 'म' मा प्रकाश पुरीको कथा रहने छ भने कलाकारदेखि निर्देशक लगायत टिम एकेडेमीमा नै अध्ययन गर्ने विद्यार्थी हुन् । चलचित्रलाई तेन्जिन पाल्देनले छायाङ्कन गर्नेछन् ।